Shikhar Insurance
National Life

‘नुवाकोट एफएम’ले ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने

सिंहदरबार संवाददाता
२०८१ असार २६, बुधबार १३:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले  विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ ।

१०६.८ आठ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी दिए । विभिन्न विद्यालयका आठदेखि १५ वर्ष उमेर समूहका विद्यार्थी तालिममा सहभागी हुनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नुवाकोट एफएमले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्खवाद्य प्रतियोगिता आयोजना गरेको थियो । “नयाँपुस्तालाई शङ्खको महत्त्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना हुन लागेको हो,” स्टेसन म्यानेजरको पनि जिम्मेवारी सम्हाल्नु भएका अधिकारीले भए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्