काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ९०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार स्थिर रहेको हो ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन सोेहि मूल्यमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४३ हजार ४०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन पनि सोहि मूल्यमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ८ सय ७० रुपैयाँमा झरेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्