Shikhar Insurance
National Life

बैंक र व्यवसायी दुबै जोगाउने सन्जिवनी बुटि भएको मौद्रिक नीति चाहेका छौं : अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार १६:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी मौद्रिक नीतिबाट निजि क्षेत्रले सन्जिवनी बुटि खोजेको बताएका छन् । महासङ्घमा आयोजित मौद्रिक नीति सम्बन्धी छ्लफलमा अध्यक्ष ढकालले आगामी मौद्रिक नितिमा सन्जिवनी बुटि आउनुपर्ने बताएका हुन ।

राष्ट्र बैंकका गभर्नर उपस्थित कार्यक्रममा अध्यक्ष ढकालले बैंक र व्यवसायी दुबै जोगाउने गरि सन्जिवनी बुटि समेटिएको मौद्रिक नीति आउनुपर्ने धारणा राखेका छन् । ‘बैंकहरुलाई पनि बचाउनु पर्ने समय हो । एनपिए वृद्धि भएको छ । व्यापार नभएकाले व्यवसायीहरुले ऋणको सावाँ ब्याज तिर्न सकिरहेका छैनन् । यो बैंक र व्यावसायी दुबै बचाउने सन्जिवनी बुटि मौद्रिक नीति बाट खोजेका छौं’ अध्यक्ष ढकालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अहिले कर्जाको बिस्तार पनि हुन नसकिरहेको पनि बताए । बजारमा मागमै सँकुचन आएकाले आयातको चक्र रोकिएको र त्यसले सिङ्गो बजारको चेन बिगारेको निस्कर्स पनि सुनाए । अध्यक्ष ढकालले बैंकको ब्याजदर घटेको तर कर्जाको माग नरहेको पनि बताए । अहिले बैंक र व्यवसायीहरु बिचको सम्बन्धमा बिस्तारै सुधार हुँदै गएको दावी पनि गरे ।

अध्यक्ष ढकालले भने, ‘नयाँ लगानी हुन नसक्दा रोजगारीका नयाँ अवसर पनि खुल्न सकेका छैनन् । पर्यटन आगामन बढेको छ । तर विदेशिने विद्यार्थी र घुम्न जानेहरुबाट रकम पनि बाहिरिएको छ । उत्पादनमूलक उद्योगको क्षमता बढाउनुपर्छ ।’ त्यस्तै, उनले मागमा आएको संकुचनका कारण उद्योगहरुको ऋण तिर्ने क्षमता कम भएको र यसलाई मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताउँदै लगानी, पर्यटन पुर्वाधार र व्यवसायलाई प्रवद्र्धन गर्नुका साथै कर्जा प्रवाह सहज र सुलभ गरिनु पर्ने माग गरे ।

बजारमा माग सिर्जना गर्न गाउँ र साना सहरहरुमा सानो कर्जा सुविधा विस्तार गर्न बैंक वित्तिय संस्थाहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ । ‘सहकारी र लघुवित्तमा आएको समस्याले अहिले रकम प्रवाह हुन सकेको छैन । यो बिषयलाई पनि नीतिले समेटनुपर्छ । यसैगरि कर्जा चुक्ता गरिसकेपछि पनि ऋणीलाई लामो समयसम्म कालो सूचिमा राख्ने व्यवस्थाले पनि व्यवसायीलाई निरुत्साहित गरेको छ’ उनले भने ।

यसैगरि सेयर घरजग्गा, गर गहना कारोबारलाई सहज बनाउने तर्फ पनि सोच्न र बजार चलायमान बनाउन अध्यक्ष ढकालले माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्