Shikhar Insurance
National Life

बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद रञ्जुकुमारी झाले वर्षाका कारण सप्तकोशी नगरपालिकाका धेरै स्थान जलमग्न भएको बताइन् । सांसद श्यामकुमार घिमिरेले सरकारले बाढीपहिरोबाट क्षति हुन नदिन योजना बनाएर अगाडि बढ्नुपर्ने धारणा राख्य । बिना योजना बस्ती बनाउँदा धेरै क्षति भएको छ । अधिकांश स्थानमा सडक अवरुद्ध छ उनले भने ‘सडक निर्माणका लागि आवश्यक बजेट छुट्याइनुपर्छ ।’

सांसद प्रेम सुवाल, रामप्रकाश चौधरी र चित्रबहादुर केसीले पनि मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्