काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७९ अंकले घटेर परिसूचक २१५२.१४को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
मंगलबार ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ कारोबार भएको छ ।
आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । मंगलबार गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ ।
साथै, बुद्धभुमि नेपाल हाइड्रोपावरको ९.९१ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ९.७९ प्रतिशत, सबैको लघुवित्तको सेयर ९.१५ प्रतिशतले सेयर मूलय बढेको छ ।
प्रतिक्रिया दिनुहोस्