Shikhar Insurance
National Life

दोहारो अंकले बढ्यो सेयर बजार, कारोबार रकम साढे ५ अर्ब माथि

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७९ अंकले घटेर परिसूचक २१५२.१४को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३१६ कम्पनीको १ करोड १६ लाख ६१ हजार २ सय ८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५३ करोड ५९ लाख ५८ हजार ८ सय ८५ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार १६८ कम्पनीको सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको सेयर मूल्य घटेको छ र १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

मंगलबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १९ करोड ७७ लाख ७५ हजार ९ सय ३१ रुपैयाँ १० पैसा कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ७ सय ३५ रुपैयाँ रहेको छ ।

साथै, आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथको सेयर ५.४७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्