Shikhar Insurance
National Life

संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजियो : सांसद यादव

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार १३:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताएका छन् । मङ्गबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले दुई ठूला दलहरुले संविधान संशोधनमार्फत दुई दलिय प्रणालीमा लान खोजिएको बताएका हुन् ।

उनले संघीयता, कर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सह्य नहुने जानकारी गरे । उनले संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षिय र सर्वदलिय रुपमा हुनुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले तराई/मधेसमा विपद्को मुख्य कारण चुरे क्षेत्रको व्यवस्थापन हुन नसकेको बताए । उनले चुरे क्षेत्रको व्यवस्थापन नहुँदा प्रतिवर्ष ४ हेक्टर जमिन मरुभूमीकरण भइरहेको भन्दै आगामी ५० वर्षमा सबै खेतीयोग्य भूमी मरुभूमिकरण हुने अवस्था रहेको बताए । उनले चुरे दोहन रोक्नुपर्नेमा जोड दिए । सांसद यादवले वर्तमान सरकार संविधानको धारा ७६(२) मा बनेको उल्लेख गर्दै विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) अनुसार सरकार बन्ने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्