Shikhar Insurance
National Life

स्थायी लेखा नम्बर लिई कारोबार गर्न व्यवसायीहरुलाई राजस्व विभागको आग्रह

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार ११:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । आन्तरिक राजस्व विभागले ढुवानी साधनका धनीहरुलाई स्थायी लेखा नम्बर लिई कारोबार गर्न आग्रह गरेको छ । विभागले आज(मंगलबार) एक सूचना प्रकाशन गर्दै यस्तो आग्रह गरेको हो ।

विभागले ढुवानीका साधन (ट्रक, टिप्पर, ट्र्याक्टर आदि) का केही व्यवसायी र ढुवानी साधन धनी स्वयंले हालसम्म पनि स्थायी लेखा नम्बर नलिएको पाइएकाले यथासिघ्र स्थायी लेखा नम्बर लिई कारोबार गर्न आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयकर नियमावली, २०५९ को नियम २३ मा निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकेको वा आयकर ऐन, २०५८ को परिच्छेद-१७ अन्तर्गत करकट्टी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्ता आय आर्जन गर्नु वा करकट्टी गर्नु अगावै स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था रहेको सूचनामा उल्लेख छ ।

उल्लिखित कानूनी व्यवस्थाको बर्खिलाप गरी कारोबार गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गर्ने विभागले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्