Shikhar Insurance
National Life

सरकार ढलेसँगै कमजोर बने कुलमान, भ्रष्टाचार  र अकुत सम्पतिमा अनुसन्धान तिब्र

सिंहदरबार संवाददाता
२०८१ असार २५, मंगलवार ०८:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी) केन्द्र सम्मिलित सरकार ढलेसँगै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ कमजोर बनेका छन् । माओवादी पार्टीको ‘ट्याग’ लगाएर प्राधिकरण हाकिरहेका घिसिङ सरकार ढलेसँगै शक्ति विहिन बनेका हुन् ।

केहि समयअघि अख्तियर दुरुपयोग अनुसन्धान आयोगमा कुलमान घिसिङ विरुद्ध अकुत सम्पति र भ्रष्टाचारको गजुरी परेको छ । सो उजुरी विषयमा आयोगले अनुसन्धान अघि बढाइसकेको आयोगले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आयोगका एक कर्मचारीले भने, ‘कुलमान विरुद्ध आएको उजुरीको विषयमा अनुसन्धान अघि बढेको छ, भ्रष्टाचार र अकुत सम्पतिमा उहाँको अनुसन्धान भैरहेको छ, विशेषगरी उहाँको दाजु र भाईको नाममा धेरै सम्पति देखिएको छ, कानुन बमोजिम हो या होइन छिट्टै टुङगोमा पुग्नेछौं, कुलमानले दाजु र भाईको नाममा सम्पति व्यवस्थापन गरेको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित छ । ‘

ती अनुसन्धान अधिकृतका अनुसार कुलमानले लगाएको प्राधिकरणको ठेक्कामा पनि आयोगले सुक्ष्म अनुसन्धान गरिरहेको छ । मुद्दा लगाउने गतिलो आधार भेटिए छिट्टै मुद्दा लैजाने तयारी आयोग गरेको छ ।

नयाँ सत्ता समिकरणमा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय बाडफाँट हुनेछ । स्रोतका अनुसार नेपाली काँग्रेसको भागमा उर्जा मन्त्रालय परे कुलमानलाई काम गर्न केहि सहज हुने यदि एमालेको भागमा परे कुलमानलाई निक्कै कठिन हुनेछ । ओली सरकारले नियुक्ति गरेको हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमान दोस्रो पटक कार्यकारी निर्देशक बनेका थिए ।

कुलमानको नियुक्तिको विषयमा शाक्यले सर्वोच्च अदालतमा मुद्दा समेत हालेका छन् । सो मुद्दामा हालसम्म सुनुवाई भएको छैन् । सरकार परिवर्तनसँगै भएसँगै अदालत पनि कुलमानको विषयमा प्रवेश गर्न सक्ने बुझिएको छ ।

पछिल्लो समय घिसिङले ट्रकं र डेडिकेट लाइनको विषयलाई लिएर उद्योगीसँग चर्को विवाद गरिरहेका छन् । उनले ‘लाल आयोग’को प्रतिवेदनलाई पाखा लगाउँदै उद्योगीले पैसा तिर्नुपर्ने भन्दै एकोहोरो रटान लगाइरहेका छन् । लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय समेत किर्ते गराउन शक्तिको दुरुपयोग गरेको आरोप घिसिङमाथी लागेको छ ।

अहिले विद्युत प्राधिकरणले ट्रंक र डेडिकेट लाइनको विद्युत महसुलको बिल सबै उद्योगरुमा पठाइसकेको छ । बिल प्राप्त गरेपछि उद्योगीहरुले भने त्यसलाई नतिर्ने बताइसकेका छन् । एक उद्योगीले भने, ‘प्राधिकरणले बिल पठाएको छ, तर कुन बिल हो सोको प्रमाण पेश गरेको छैन, हामीसँग पैसा छैन, फर्जि बिलको पैसा तिर्दैनौं ।’

ती उद्योगीका अनुसार प्राधिकरणका निर्देशक घिसिङले व्यक्तिगत इवि राखेर काम गर्ने गरेका छन् । कुलमानबाट अपमानित भएका अर्का उद्योगीले भने, ‘कुलमान जीले हामीलाई मान्छेको जस्तो पनि व्यवहार पनि गर्नुहुन्न, कुकुरको जस्तो व्यवहार गर्नुहुन्छ ।’

बक्यौताको बिल नतिरे विद्युत काटिदिने चेतावनी सबै उद्योगीलाई प्राधिकरणले चेतावनी दिइसकेको छ । प्रधिकणको चेतावनीपछि उद्योगीहरु भने शसंकित बनेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्