काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४.६२ अंकले घटेर २१३६.३५ मा पुगेको हो ।
सोमबार ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १ सय ८१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार १ सय ६ रुपैयाँ कारोबार भएको छ ।
साथै, आज समाज लघुवित्त वित्तीय संस्थाको ९.६८ प्रतिशत, एनआइसी एशिया डिभेन्चरको ६.०१ प्रतिशत, सिन्धु विकास बैंको ५.१६ प्रतिशत, दोर्दी खोला जलविद्युतको ५.०३ प्रतिशत सहित १२८ कम्पनीको सेयर मूल्य बढेको छ ।
त्यस्तै, मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेडको ८.३९ प्रतिशत, आँखु खोला जलविद्युतको ४.२७ प्रतिशत, लक्ष्मी बैंकको ३.९५ प्रतिशत, सिटिजन्स बैंको ३.९१ प्रतिशत सहित १७० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्