Shikhar Insurance
National Life

साउन २७ तेह्रथुम पावर कम्पनीको लक इन अवधि सकिदैँ

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन अवधि साउन २७ गते सकिने भएको छ । कम्पनीले संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँड गरिएको सेयरको लक इन अवधि साउन २७ गते सकिने जानकारी गरेको हो ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले २०७८ साउन ५ देखि १९ गतेसम्म स्थानीय बासिन्दा र भदौ ९ देखि १३ गतेसम्म सर्वसाधारण (कर्मचारी समेतमा) मा निष्कासन तथा बिक्री खुला गरेको आईपीओ भदौ २५ गते बाँडफाँड गरेको थियो । यसरी सर्वसाधारणमा सेयर बाँडफाँड गरेको मितिबाट तीन वर्षसम्म सेयर लकइनमा राख्नुपर्ने व्यवस्था छ ।

कम्पनीको हाल २८ लाख कित्ता संस्थापक सेयर, ४ लाख कित्ता स्थानीय बासिन्दाको सेयर र १६ हजार कित्ता कर्मचारीको सेयर लक इनमा रहेको छ । साथै कम्पनीको संस्थापक सेयर सदस्यहरूमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरूले भने सेयर खरीद बिक्री गर्न नपाउने कम्पनीले एक सूचनामार्फत जानकारी गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्