Shikhar Insurance
National Life

मितेरी डेभपलमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार २४, सोमबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । मितेरी डेभपलमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । सेयर खरिद गनए इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी के कति कित्ता लिने हो सो व्योहोरा खुलाई बैंकको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान १२ सुनसरी वा सेयर रजिष्ट्रार प्रभु क्यापिटल कमलादीमा आइपुग्ने गरी आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने बैंकले सूचना मार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्