Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकहरुलाई २४सै घण्टा खुल्ला रहने ‘टी३ थकाली’ र ‘सैनो तन्दुरी’ मा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ असार २३, आईतवार १६:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल नजिकै अवस्थित टी३ थकाली एण्ड मल्टी कसिनी
र सैनो तन्दुरी एण्ड सेकुवा कर्नरबीच विशेष छुट सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा टी ३ थकाली ग्रुप प्रालिका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचन र प्रभु बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरु तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मानिसहरु र स्वादका पारखिका लागि मध्यनजर गर्दे टी ३ थकाली एण्ड मल्टी कसिनी र सैनो तन्दुरी एण्ड सेकुवा कर्नरले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाईनमा आफ्नो २४ घण्टे सेवा संचालनमा ल्याएको छ । सो अनुसार यहाँ आउने जो कोहीले पनि टी ३ थकाली एण्ड मल्टी कसिनीमा authentic थकाली खाना को स्वाद लिन सक्नेछन् भने सैनो तन्दुरी र सेकुवा कर्नरमा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरु चौबिसैघण्टा पाईने छ । साथै, यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।

प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्