Shikhar Insurance
National Life

प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ : सांसदहरु

सिंहदरबार संवाददाता
२०८१ असार २३, आईतवार १३:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसदले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका हुन् ।

काँग्रेस सांसद रामहरि खतिवडाले बाढी र पहिरोले सडक अवरुद्ध पारेजस्तै सरकारले देश नै अवरुद्ध पारेको उल्लेख गर्दै संसदले त्यसलाई पन्छाउनुपर्ने बताए । उनले सरकारले कुनैपनि काममा अवरोध गर्न नहुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एमाले सांसद रघुजी पन्तले संसदमा बहुमत गुमाइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताको आधारमा पनि राजीनामा दिन उपयुक्त हुने बताए । संविधानले उनलाई विश्वासको मत दिने अधिकार दिएपनि बहुमत गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत पु¥याउन सक्ने अवस्था नभएकाले संसदमा विश्वासको मत लिने काम आवश्यक नभएको राप्रपाकी सांसद रोशन कार्कीले जानकारी गरे । उनले प्रधानमन्त्रीसँग बढिमा ६३ मत रहेकाले संसदमा बहुमत पाउने अवस्था नरहेको तर्क गरे ।

यता प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर काँग्रेस, एमालेसहितका सांसदहरुले भने सत्ता साझेदार दलहरुको समर्थन गुमाउँदै गएका प्रधानमन्त्रीले पदमा बसिरहन उपयुक्त नहुने जिकिर गर्दै आएका छन्

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्