Shikhar Insurance

मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १८:३४
NIMB
Nabil Bank

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विश्वासको मत दिने भएको छ । एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोले जनमत पार्टीको नेतृत्वको सरकारलाई विश्वासको मत दिने जानकारी दिएका हुन् ।

सिंहले भोलि विहान ११ बजे प्रदेशसभा समक्ष विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । मधेस प्रदेशमा जनमत नेतृत्वको सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छन् ।

Citizen Life
Kumar Bank
GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्