Shikhar Insurance

हिमालयन लघुवित्तद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १८:४८
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सञ्चालन गरेको छ । कम्पनीले असार २१ गते १३ औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरेको हो ।

विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिब ८४५ जना बिपत्र छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ भने झापा जिल्लाको प्रसिद्ध पाउ पाथिभरा मन्दिर तथा कपिलवस्तु जिल्लाको प्रसिद्ध जगत्र देवी मन्दिर परिसरमा तिर्थालुहरुको लागि विश्रामस्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टवीन र र्‍याक सहयोग गरेको वित्तीय संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब ९२ करोड बचत संकलन गरी करिब ३ अर्ब ८७ करोड लगानी गरेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्