Shikhar Insurance

देउवा नै प्रधानमन्त्री बन्ने शेखर कोइरालाको संकेत, ‘विश्वासको मतपछि धारा ७६(३) आउन सक्छ’

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । काँग्रेस–एमालेको नयाँ सत्ता गठबन्धनमाथिको संशय बढ्दै जाने क्रममा फेरि पनि तिब्र बनेको छ । काँग्रेसका बरिष्ठ नेता शेखर कोइरालाले नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि नयाँ सरकार गठन प्रक्रिया संबिधानको धारा ७६(३)मा जान सक्ने बताएका हुन् । संबिधानको धारा ७६(३) ले संसदको सबै भन्दा ठूलो दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ ।

अहिलेका प्रधानमन्त्री प्रचण्ड संबिधानको धारा ७६(२) बमोजिम नियुक्त भएका हुन् । उनले राजीनामा गरेको खण्डमा संबिधानको सोही धारा अनुसार सरकार गठन हुने र विश्वासको मत प्राप्त गर्न नसकि सरकार छाड्नु परेको अवस्थामा संबिधानको धारा ७६(३) आकर्षित हुने अवस्था छ ।

Citizen Life
Kumar Bank

काँग्रेस बरिष्ठ नेता शेखर कोइरालाले शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताएका हुन् ।

‘तर अहिले नै खुशी हुनसक्ने अवस्था छैन । किनभने अहिले प्रचण्डजीले आजको दिनसम्म पनि राजीनामा दिनुभएको छैन । राजीनामा न्दिएपछि संविधानतः के हुन्छ ? भन्ने हामीले सोच्नुपर्छ । किनभने संविधानलाई टेकेर हिँड्नुपर्छ । टेकेर हिँड्दा प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिनुभयो भने संविधानको धारा ७६ को ३ मा नजाओस् । उहाँले विश्वासको मत लिएर फेल भयो भने ७६ को ३ मा नजाओस् भन्ने मात्रै हो ।’, नेता कोइरालाले भने । उनले संविधानलाई सबैले मान्नुपर्ने पनि बताए । उनले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउनु उचित रहेको बताए ।

उनले नयाँ सत्ता गठबन्धनबाट खुसी भैहाल्नुपर्ने अवस्था भने नरहेको पनि स्पष्ट पारे । पछिल्लो समय काँग्रेस–माओवादीसहितको पुरानै सत्ता गठबन्धन ब्युताउने तयारी भैरहेको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्ड, एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, काँग्रेस बरिष्ठ नेता पूर्ण बहादुर खड्का लगायतले सक्रियता बढाईरहेका छन् । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने बाटो रोजेपछि त्यसपछि बन्ने नयाँ सरकार संबिधानको धारा ७६(२) वा धारा ७६(३) हुनेछ ? भन्नेमै मतभेद सुरु भैसकेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्