Shikhar Insurance

नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन : कोइराला

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १६:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नयाँ सत्ता समीकरणको विषयलाई लिएर अहिले नै खुशी हुनसक्ने अवस्था नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनामा नदिसकेको अवस्थामा विश्वासको मत लिएर विश्वासको मत नपाउँदा संविधानको धारा ७६ को उपधारा ३ मा नजाओस् भन्ने आफ्नो चाहना रहेको बताए ।

Citizen Life
Kumar Bank

उनले संविधानलाई सबैले मान्नुपर्ने बताए । उनले नयाँ सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्नु पहिलो आवश्यकता रहेको बताए । उनले सधैँ अस्थिरतालाई बोकेर हिँड्नु भन्दा दुई ठूला दल मिलेर सरकार बनाउन उचित रहेको जानकारी गरे । नेता कोइरालाले गिरिजाप्रसाद कोइरालाले लिएका संकल्पलाई ध्यानमा राखेर काँग्रेस अघि बढ्ने जानकारी गरे ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्