Shikhar Insurance

भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १६:४१
NIMB
Nabil Bank

भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी उक्त घोषणा गरिसकेको हो ।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कमल थुलुङ राईले आज जिल्लालाई औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरे ।जन्मिएदेखि १५ महिनासम्मका बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै १३ किसिमका खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजुकुमार श्रेष्ठले बताए । उनले भने ‘आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप लगाउन सबैको समन्वय र सहकार्य आवश्यक छ ।’

Citizen Life
Kumar Bank

आगामी दिनमा खोप अभियानलाई निरन्तरता दिँदै खोप लगाउनबाट कसैलाई पनि वञ्चित नगरिने बताउँदै खोप समन्वय समितिका संयोजक राईले महिला स्वास्थ्य स्वयम्सेविका र स्वास्थ्यर्कीले गरेका सहयोगको प्रशंसा गरे । ‘पहिलो चरणमा गाली खाने महिला स्वास्थ्य स्वयम्सेविका भएकाले उहाँहरुले पूर्ण खोप घोषणाका लागि गर्नुभएको काम निकै उदाहरणीय र प्रशंसायोग्य छ’ उनले भने । सो अवसरमा जिल्लाका नौ वटै स्थानीय तहलाई प्रमाणपत्रसमेत वितरण गरिएको छ । प्रदेशभित्रका १४ जिल्लामध्ये भोजपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छैटौँ जिल्ला हो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्