Shikhar Insurance

शाओमीले ल्यायो रेड्मी नोट-१३ सिरिजमा ‘जुलाई ज्याकपट’ अफर, कति छुट ?

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १७:३०
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो नेपाली ग्राहकहरुको लागि ‘जुलाई ज्याकपट’ अफर शुरु गरेको छ । शाओमीले ‘रेड्मी नोट १३’ सिरिज मोडेलहरूमा ४ हजारसम्म छुट प्राप्त गर्न सक्ने अफर शुरु गरेको हो ।

ग्राहकहरूले रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५जि मा उत्कृष्ट छुटहरू १ जुलाईदेखि ३१ जुलाईसम्म शाओमीका नेपालभरका रिटेल आउटलेटहरूमा र सबै आधिकारिक मी स्टोरहरूमा पाउन सक्ने कम्पनीले जनाएको छ । अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,’हाम्रा नेपाली ग्राहकहरुले उत्कृष्ट मूल्यमा अत्याधुनिक प्रविधि उपलब्ध गराउन प्रतिबद्ध छौं । टेक्नोलोजी सबैको लागि पहुँचयोग्य हुनुपर्छ भन्नेमा हामी विश्वास गर्दछौं र यी यस्ता अफरहरुले हाम्रो इनोभेटिभ र हाई–क्वालिटी स्मार्ट्फोनहरु अझ धेरै मानिसहरूका लागि उपलब्ध गराउने हामीले लक्ष्य राखेका छौँ ।’

Citizen Life
Kumar Bank

ग्राहकहरूले अब रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि मा धेरै पैसा खर्च नगरिकन प्रिमियम सुविधाहरू र शीर्ष–स्तरीय प्रदर्शनको आनन्द लिन सक्ने कम्पनीले विश्वास लिएको छ । २४ हजार ९ सय ९९ रुपैयाँ रहेको ६/१२८ जीबीको रेड्मी नोट १३ अफर वापत् २३ हजार ९९९ रुपैयाँ मै पाउँन सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै, ८/२५६ जीबीको रेड्मी नोट १३ अफर वापत् २६ हजार ९९९ रुपैयाँमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । त्यसैगरी अफर अवधिमा ८/२५६ जीबीको रेड्मी नोट १३ प्रो ३२ हजार ९९९ रुपैयाँमा र १२/५१२ जीबीको रेड्मी नोट १३ प्रो ३५ हजार ९९९ रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार ८/२५६ जीबी र १२/५१२ जीबीको रेड्मी नोट १३ प्रो प्लस ५जीः क्रमश : ४५ हजार ९९९ र ५० हजार ९९९ रुपैयाँ मै पाउँन सकिनेछ ।

रेड्मी १३ नोट सिरिज अन्तर्गत तीन मोडेलका फोनहरु उपलब्ध छन् – रेड्मी नोट १३, रेड्मी नोट १३ प्रो र रेड्मी नोट १३ प्रो प्लस ५ जि । ६+१२८ जिबी र ८+२५६ जिबी गरी दुई स्टोरेज भेरियन्टमा उपलब्ध रहेको रेड्मी नोट १३ मा १२० हर्जको एमोलेड डिस्पले, इन–डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर, १०८ मेगापिक्सेल ट्रिपल ए.आई क्यामरा रहेको छ ।

त्यसैगरी, रेड्मी नोट १३ प्रो इन–डिस्प्ले फिङ्गर सेन्सर, २०० मेगापिक्सेल क्यामरा र शक्तिशाली हेलियो जि ९९ अल्ट्रा प्रोसेसर र ८+२५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेड्मी नोट १३ प्रो प्लस ५ जि मा भने २०० मेगापिक्सेल ट्रिपल क्यामेरा, कर्भड् डिस्प्ले, आइपी ६८ रेतिंग भएको हुदा धुलो र पानीबाट पनि बचाउँदछ र १२० वाटको चार्जर सहित ८ + २५६ जिबी स्टोरेज र १२ जिबि+ ५१२ जिबी स्टोरेज गरी दुई भेरियन्टमा उपलब्ध छ ।

१ जुलाईदेखि ३१ जुलाईसम्म लागु हुने यो जुलाई ज्याकपट अफर शाओमीका नेपालभरका रिटेल आउटलेटहरू र सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्