Shikhar Insurance

‘फ्रि भिषा फ्रि टिकट’को व्यवस्थाले २ खर्ब बैंकिङ च्यानलबाट बाहिर गयो-श्रममन्त्री अर्याल

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १५:४९
NIMB
Nabil Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले फ्री भिषा फ्रि टिकटको व्यवस्थाको दुरुपयोग भएको बताएका छन् । मन्त्री अर्यालले वैदेशिक रोजगारमा कामदार पठाउनेले वैध रुपमा पैसा कमाउन पाउनु पर्ने जिकिर गरेका हुन् । शुक्रबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत सदस्यहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले वार्षिक २ खर्ब भन्दा बढी रकम बैंकिङ प्रणालीभन्दा बाहिर गरेको बताएका हुन् ।

नेपालबाट विदेशिने नेपाली नागरिकहरूका सम्बन्धमा मन्त्रालयले गहिरो अध्ययन गरेको बताउँदै उनले नेपालका म्यानपावरहरुले हरेक वर्ष वैदेशिक रोजगारीमा जानेहरूसँग २ खर्ब १ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ च्यानलमार्फत उठाइरहेको दाबी गरेका हुन् ।

Citizen Life
Kumar Bank

सरकारले फ्रि भिसा, फ्रि टिकट वा १० हजार सेवा शुल्क लिन पाउने निर्णय गर्दा दुरगामी असर ख्याल नगरेको र यो अत्यन्तै जटिल अवस्था बन्न पुगेको मन्त्री अर्यालले बताए । उनले भने,‘‘जुन निर्णयले गर्दा व्यवसायीहरूले रकम असुल्ने, बिचौलियाले रकम असुल्ने तर नागरिकहरू विदेश गइसक्दा १० हजारको मात्रै रिसिभ दिने र दुःख पाएर वा विविध कारणले स्वदेश फर्कनुपर्‍यो भने उहाँहरूले १० हजारभन्दा बढी उजुरबाजुर गरेर प्राप्त गर्न नसक्ने कानुनी व्यवस्था छ ।’

कोही पनि नेपाली नागरिकहरुलाई विदेश जानुपर्ने बाध्यात्मक अवस्था बनाउन नहुने र जानै पर्ने अवस्था आएमा पनि थोरै रकम तिरेर जान पाउने व्यवस्थाका लागि काम गर्नुपर्ने बताउँदै उनले भने,‘हामीले औसतमा एक जनासँग ३ लाखभन्दा बढी पैसा उठाएको भन्ने निकालेरै काम गरिरहेको हुनाले मलाई आशा छ छिट्टै यो व्यवस्थित र मर्यादित हुनेछ ।’

नेपाली नागरिकहरुले तालिमहरु नसिकिकन विदेश जाने भएकाले पनि नेपाली नागरिकहरुले कम तलब पाउने समस्या भएको उनको दाबी छ । साथै, वैदेशिक रोजगारबाट फर्किएका नेपाली नागरिकहरुको सीप, पूँजी , प्रविधि, ज्ञान र अनुभवलाई स्वदेशमा उपयोग गर्ने गरी रिर्टनी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी भईरहेको समेत उनले उल्लेख गरे ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्