Shikhar Insurance

सर्वोत्तम स्टील्सको ६ महिनाको कारोबार २ अर्ब ६३ करोड, व्यापार क्रमश घट्दै

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १४:३७
NIMB
Nabil Bank

काठमाडौं । सर्वोत्तम स्टील्स लिमिटेडले चालु आवको ६ महिनामा २ अर्ब ६३ करोड ३० लाखको व्यापार गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले ६ महिनामा २ अर्ब ६३ करोड ३० लाख रुपैयाँ कारोबार गरेको हो ।

कम्पनीले गतवर्ष सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले २०२२ मा ८ अर्ब ९३ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो । तुलनात्मक रुपमा कम्पनीले २०२२ मा भन्दा २०२३ मा १ अर्ब १८ करोड १० लाख रुपैयाँ अर्थात् १३.२१ प्रतिशतले कम कारोबार गरेको छ ।

Citizen Life
Kumar Bank

त्यस्तै, कम्पनीको ब्याज कभरेज रेसियो २०२२ मा १.०१, २०२३ मा १.०५ र चालु आवको ६ महिनामा ०.२० रहेको छ । पछिल्लो, तीन आर्थिक वर्षको तथ्यांक हेर्दा कम्पनीको व्यापार निरन्तर घट्दो क्रममा छ । बढ्दो आर्थिक मन्दी र अर्थ मन्त्रालयको नीतिगत विचलनले स्टील कम्पनीहरुको व्यापारमा गम्भिर असर पर्दै आएको छ ।

सर्वोत्तम स्टिलले स्टील बार, तार, बिलेट तथा टिएमटी छडहरुको उत्पादन गर्दै आएको छ । कम्पनीले मुख्यतया भारतबाट पिग आइरन र स्पन्ज आइरन आयात गर्दछ । कम्पनीको बिलेट उत्पादन क्षमता प्रति वर्ष २ लाख ६४ हजार मेट्रिक टन रहेको छ । भने टिएमटी छड उत्पादन गर्ने क्षमता २ लाख ३५ हजार मेट्रिक टन छ ।

सन् २०१७ मा स्थापना भएको सर्वोत्तम स्टिल २०२१ मा पब्लिक कम्पनी लिमिटेडका रुपमा परिणत भएको थियो । कम्पनीमा सौरभ ग्रुपको लगानी रहेको छ । कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक विष्णु प्रसाद न्यौपाने हुन् ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्