काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २ जना संस्थापक सेयरधनीको नाममा रहेको ६० हजार ९ सय ८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
संस्थापक सेयरधनीहरु शान्ती प्रधान श्रेष्ठको नाममा रहेको १० हजार ९ सय ८० कित्ता र विराट कुमार श्रेष्ठको नाममा रहेको ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएका छन् ।
उक्त सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद बिक्री नभएको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति व संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्