Shikhar Insurance
National Life

सूर्यज्योति लाइफको बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीको बैंक खातामा बोनस सेयर जम्मा गरेको छ । कम्पनीको बैशाख २१ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट पारित भएको १०.२६ प्रतिशत बोनस सेयर हितग्राही खातामा जम्मा गरेको हो ।

कम्पनीले धितोपत्र दोस्रो बजारमा असार १६ गते बोनस सेयर बापतको शेयर सूचीकृत गरी कम्पनीले सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । वैशाख ६ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको बोनस सेयर प्राप्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वैशाख ६ गतेसम्म सेयर धितो बन्धक राखि कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भइसकेको भए फुकुवा गर्न आग्रह गरेको छ । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

साथै, बोनस सेयर हितग्राही खाता मानै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र खाता खोली आफ्नो बोनस सेयर प्राप्त गर्न समेत कम्पनीले एक सूचनामार्फत आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्