Shikhar Insurance
National Life

सुनचाँदी खरिदबिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८१ असार २१, शुक्रबार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य १ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार १ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ४ सय रुपैयाँमा खरिदबिक्री भईरहेको छ । सुन अघिल्लो दिन १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सुन अघिल्लो दिन १ लाख ४३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ७० रुपैयाँ पुगेको छ । चाँदी बिहिबार १ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्