काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४६ अंकले बढेर परिसुचक २११९.६९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ११३ कम्पनीको ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ संकलन भएको छ ।
बिहीबार सबैभन्दा धेरै एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ३० करोड ९ लाख ६ सय ९४ रुपैयाँको कारोबार भएके छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ८ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्