काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४६ अंकले बढेर परिसुचक २११९.६९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।
बिहीबार ११३ कम्पनीको २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर कारोबार हुँदा ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ संकलन भएको छ ।
बिहीबार सबैभन्दा धेरै इन्फ्राइष्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ३० करोड ९ लाख ६ सय ९४ रुपैयाँको कारोबार भएके छ । कम्पनीको सेयर प्रतिकित्ता ७ सय ८ रुपैयाँ रहेको छ ।
बिहीबार १४८ कम्पनीको सेयर मूल्य बढ्दा ९३ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज आखु खोला जलविद्युत आयोजनाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर प्रतिकित्ता १० प्रतिशत अथवा २० रुपैयाँ ७० पैसाले बढेर २ सय २७ रुपैयाँ ७० पैसा पुगेको छ भने मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९.३७ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्