Shikhar Insurance
National Life

गुठिचौर गाउँपालिकाको पुँजीगत खर्च ५१ प्रतिशत

सिंहदरबार संवाददाता
२०८१ असार २०, बिहीबार १३:२३
Hyundai
NCELL
NIMB

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा पुँजीगत खर्च ५१.१६ प्रतिशत गरेको छ । पालिकाले सोही आबमा ३४ करोड ५५ लाख ७५ हजार विनियोजित बजेटमध्ये हालसम्म चालुतर्फ ६५.४७ प्रतिशत खर्च गरेको छ ।

समग्रमा ६०.१४ प्रतिशत खर्च भएको गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाले जानकारी दिए । चालु आर्थिक वर्षको कूल विनियोजित बजेटको ८८.३२ प्रतिशत खर्चहुने अनुमान गरिएको छ । उनले भने ‘उक्त आवमा गाउँपालिकाको आन्तरिक राजस्व १६ लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु ११ लाख मात्र उठेको छ ।’ आर्थिक वर्ष २०८१/८२ मा पालिकाले १८ लाख आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महालेखापरीक्षकको कार्यालयले गत जेठ १३ गते सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदन अनुसार गुठिचौर गाउँपालिकाको लेखापरीक्षणबाट ५ करोड एक लाख ४४ हजार बेरुजु देखिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्