काठमाडौं । नेकपा (एकिकृत समाजवादी) पार्टी अध्यक्ष पदका लागि सहमति जुट्ने भएको छ । पार्टी अध्यक्षमा सर्वसम्मत माधवकुमार नेपालको नाममा सहमति नजिक पुगेको हो । पार्टी अध्यक्षमा घनश्याम भुषालले पनि दाबी गरिरहेका थिए । बिहिबार बसेको शिर्ष नेताहरुको बैठकले भुषालललाई वरिष्ठ उपाध्क्ष वा महासचिव रोजेर पाउने सहमति बनेको हो । पार्टीको दशौं महाधिवेशनमा सहमतिमै नेतृत्व चयन हुनु पर्नेमा नेताहरु एकमत भएका हुन् ।
सहमतिमै नेतृत्व टुङग्याउन अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्यम भुषाल बिहान वार्तामा बसेका थिए । वार्तामा विभिन्न पदाधिकारीहरुको चयन विषयमा समेत छलफल भएको थियो । छलफलमा अध्यक्ष नेपालले घनश्याम भुषाललाई मनाउने प्रयास गरेका छन् ।
स्रोतका अनुसार भुषाल महासचिव पदमा दोहोरिने या वरिष्ठ उपाध्यक्ष मध्ये एक बन्नेमा सकारात्मक देखिएका छन् । एकिकृत समाजवादीले १० औं महाधिवेशनबाट २० पदाधिकारी सहित २ सय ९९ जनाको केन्द्रिय कमसटी निर्वाचित गर्नेछ । जसमा ४५ वर्ष मुनिका २० प्रतिशत नेताहरुलाई समेट्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्