Shikhar Insurance
National Life

राष्ट्रिय जीवन बीमाले घोषणा गर्‍याे आव २०६९/७० सम्मको बोनस दर

सिंहदरबार संवाददाता
२०८१ असार २०, बिहीबार ११:१३
Hyundai
NIMB

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले आव २०६९/७० सम्मको बोनस दर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणको २०८० माघ १७ गतेको पत्रबाट प्राप्त स्वीकृत भए अनुसार कम्पनीले सञ्चालनमा ल्याएको मुनाफा सरिक हुने गरी उक्त आवका लागि बोनस दर घोषणा गरेको हो।

बीमा प्राधिकरणले कम्पनीको आव २०६७/६८ देखि २०६९/७० सम्मको इनफोर्स पोलिसी कायम रहेको बीमालेख संख्या १ लाख ६२ हजार ७ सय २१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन स्वीकृत गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सबै किसिमका बीमालेखमा आव २०८१/८२ का लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ६० रुपैयाँ दर कायम गरिएको कम्पनीले सूचना मार्फत जानकारी दिएको छ। साथै, बोनस दर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्