Shikhar Insurance

मकवानपुरमा करिब ३३ हजार बिरामीले लिए आयुर्वेद सेवा

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १८:४७
NIMB
Nabil Bank

मनहरी । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरबाट चालु आर्थिक वर्ष २०८०। ८१ को जेठ मसान्तसम्म करिब ३३ हजार बिरामीले आयुर्वेद सेवा लिएका छन् । कार्यालय प्रमुख डा ललिता पाण्डेले मकवानपुरमा त्यस अवधिमा ३२ हजार नौ सय ९१ जनाले सेवा लिएका जानकारी गरेका हुन् ।

उनले पाँचवटा नागरिक आरोग्य सेवा केन्द्र र तीनवटा औषधालयबाट सेवा दिइएको बताए । कार्यालयमै आएर १७ हजार ६ सय ८०, हटिया आयुर्वेद औषधालयबाट दुई हजार दुई सय ३९, चुरियामाईबाट एक हजार तीन सय ८०, काँकडाबाट दुई हजार तीन सय र नागरिक आरोग्य सेवा केन्द्रबाट नौ हजार तीन सय ९२ जनाले सेवा लिएका छन् डा पाण्डेले भने ।

Citizen Life
Kumar Bank

चिकित्सालयले चालु आर्थिक वर्ष २०८०।८१ मा महिला स्वयंसेविकालाई आयुर्वेदसम्बन्धी सचेतना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम, पथ्याहार, एक जिल्ला एक जडीबुटी उद्यान निर्माण, पूर्वकर्म—पञ्चकर्म कार्यक्रम, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायत कार्यक्रम सञ्चालन गरेको थियो ।

चिकित्सालयले बहिरङ्ग सेवा, निःशुल्क औषधि वितरण, सशुल्क फार्मेसी सञ्चालन, पूर्वकर्म, पञ्चकर्म सेवा, निःशुल्क योग परामर्श, पथ्यआहार कार्यक्रम, ज्येष्ठ नागरिक तथा अकुपञ्चरलगायत सेवा प्रदान गर्दै आइरहेको छ । चिकित्सालयबाट २३ थरीका औषधि निःशुल्क रूपमा वितरण भइरहेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्