Shikhar Insurance

घिरिङ गाउँपालिकाद्वारा अपाङ्गता भएका दश जनालाई उन्नत जातका बाख्रा वितरण

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १८:३३
NIMB
Nabil Bank

तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाद्वारा ‘ग’ र ‘घ’ वर्गका १० जना अपाङ्गता भएका व्यक्तिलाई बीउपुँजीका रूपमा उन्नत जातका बाख्रा वितरण गरेको छ ।

गाउँपालिका मातहत रहेका पाँच वटा वडाबाट दुईरदुई जनाका दरले छानिएकालाई जनही एउटा बोयर जातको बाख्रा वितरण गरिएको हो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाइ आयआर्जनमा सघाउ पु¥याउने उद्देश्यले बाख्रा वितरण गरिएका स्थानीय अपाङ्गता समन्वय समितिका सदस्य सचिव हिरामान श्रेष्ठले जानकारी दिए ।

Citizen Life
Kumar Bank

उनका अनुसार घिरिङ गाउँपालिका–१ बाट तुलसी कुमाल, विष्णु परियार, वडा नं २ बाट पदम थापा, सोमबहादुर दमाईं, वडा नं ३ बाट सुकमाया सार्की, मनकुमारी श्रेष्ठ, वडा नं ४ बाट भुरेली कुमाल, सुकमाया कुमाल र वडा नं ५ बाट उमा थापा र ऋतिक श्रेष्ठलाई बाख्रा वितरण गरिएको हो । “क र ख वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट मासिक भत्ता पाइरहेका छन् । राज्यबाट औपचारिक रूपमा नियमित सुविधा नपाउने ग र घ वर्गका व्यक्तिलाई चालु आर्थिक वर्षदेखि गाउँपालिकाले आयआर्जनमा सघाउ पुग्नेगरी कार्यक्रम अगाडि बढाएको हो”, सदस्य सचिव श्रेष्ठले भने ।

गाउँपालिकाभित्र दुई सय ८२ जनाले विभिन्न किसिमका अपाङ्गता परिचयपत्र लिइसकेका छन् । ग वर्गका ४९ र घ वर्गका १४ गरी ६२ जना मध्यम र सामान्य किसिमका अपाङ्गता भएका अपाङ्गता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले जानकारी दिए । “गाउँपालिकाले उदाहरणीय काम सुरु गरेको छ, यसबाट अपाङ्गता भएका व्यक्तिले राहत महसुस गरेका छौँ, हामीमा थप उत्साह मिलेको छ”, उनले बताए ।

गाउँपालिका अध्यक्ष होमबहादुर थापाले शारीरिक रूपमा अशक्त व्यक्तिको जीवनस्तर उकास्न पालिकाले सहयोग गरिरहेका बताए । मध्यम र सामान्य गरी ६२ जना अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गर्न गाउँपालिकाले प्रक्रिया अगाडि बढाएको उनले जनाकारी दिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्