Shikhar Insurance

हुम्लाको सर्केगाड पालिकाद्वारा बिलबिना ७३ लाख बढी भुक्तानी

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १७:२८
NIMB
Nabil Bank

हुम्ला । जिल्लाको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा ७३ लाखभन्दा बढी आवश्यक कागजातबिनै भुक्तानी दिएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा बिलबिजक बिना नै भुक्तानी दिइएको औँल्याएका हुन् ।

उक्त पालिकाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७, को नियम ३९ ९५० मा विपरीत उक्त आर्थिक वर्षमा रु ७३ लाख १३ हजार तीन सय भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ । उक्त रकम घरभाडाबापत १ लाख ९६ हजार ५६०, बैठक भत्ता ४० हजार, राहत वितरण १ लाख ३५ हजार, इन्धनमा ३५ हजार, कार्यालय सामान खरिदमा १ लाख, अनुगमन भत्ता रु दुई लाख, विद्युतीय सामग्री खरिदमा ३ लाख ९० हजार खर्च भएको छ ।

Citizen Life
Kumar Bank

यसैबीच, सिमकोट गाउँपालिका– १ र २ को ठेहे गाउँस्थित पञ्चमुखी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई व्यक्तिगत सरसफाइबारे प्रशिक्षण दिइएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ र स्वच्छता परियोजनाले मङ्गलबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई सरसफाइबारे प्रशिक्षण दिएको हो । कक्षा ५ सम्म अध्यापन हुने उक्त विद्यालयका हरेक विद्यार्थीलाई एउटा हातधुने साबुन पनि वितरण गरिएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्