Shikhar Insurance

जिनव इंन्कद्धारा ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १७:४५
NIMB
Nabil Bank

काठमाडौं । जिनव इंन्क प्रालीले ‘सहकारीमा प्रविधिको सशक्तिकरण’ कार्यक्रम सुरु गरेको छ । सहकारी संस्थाहरुलाई १४ वर्षदेखि कोर बैंकिङ्ग सम्वन्धी प्राविधिक सेवा उपलब्ध गराउँदै आइरहेको जिनव इंन्कले सो कार्यक्रम सुरु गरेको हो ।

कम्पनीले विकास र प्रवद्र्धन गरिरहेको फिनएक्स को–अपरेटिभ सफ्टवेयरका साथै वित्तीय बजारमा विकास भएका नयाँ प्रविधि तथा सहकारीमा प्रविधिमा आधारित सेवा सञ्चालनका चूनौति र सम्भावनाका विषयमा छलफल गर्ने उद्देश्य सहित कार्यक्रम सुरु गरिएको कम्पनीकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर रमिता चौधरीले जानकारी दिईन् ।

Citizen Life
Kumar Bank

कम्पनीले पहिलो चरणमा मध्यपश्चिम तथा सुदुरपश्चीमका जिल्लाहरुमा ‘डिजिटल भविश्यका लागि सहकारीमा प्रविधिको सशक्तिकरण’ विषयमा अन्तरक्रिया कार्यक्रमबाट यो अभियानको सुरुवात गरेको हो । यसअन्र्तगत जेठ १४ देखि असार १४ गतेसम्म चितवनको नारायणघाट, बाँकेको नेपालगञ्ज र कोहलपुर, रुपन्देहीको वुटवल, सुर्खेतको मेलकुना तथा विरेन्द्रनगर, बर्दिया, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगरमा छुट्टाछुट्टै कार्यक्रम आयोजना गरिएका छन् । यस्तै, जिल्लाका विभिन्न सहकारी संस्थाहरुसँग समेत छुट्टाछुट्टै छलफल गरिएको छ । कार्यक्रममा १५० वटा भन्दा बढी संस्थाका संचालक तथा उच्च व्यवस्थापकहरुको सहभागिता थियो ।

कार्यक्रममा फिनएक्स को–अपरेटिभ सफ्टवेयरमा थप भएका कर्जा लगानी प्रक्रिया सम्बन्धी विस्तृत मोडल -‘Loanwolf’-loan processing model_, गो एएमएल (Go AML), कोपोमिस (Copomis), पल्स मनिटरिङलगायत नयाँ anya सुविधाहरुबारे डेमो प्रस्तुत गरिएको थियो । यस्तै कम्पनीले विकास गरेको डिजिटाइजेसन सम्बन्धी एप्सहरु एम कोप एपमार्फत क्युआर कोड भुक्तानी तथा फस्यौट, मिसकलमार्फत मोवाईल रिचार्ज, बैंकबाट सहकारीमा र सहकारीबाट बैंक खातामा रकम ट्रान्सफर, इसेवा खल्तीलगायतका वालेटहरुमा रकम ट्रान्सफर र वालेटबाट सहकारीको खातामा रकम ट्रान्सफर, एटीएम (SCT & COOP Card) लगायतका सुविधाबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो ।

सिइओ चौधरीले नै सहजिकरण गरेकी कार्यक्रममा कम्पनीका अध्यक्ष, वरिष्ठ डेभलपर तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको समेत उपस्थिती थियो । कम्पनीले साउन १५ गतेपछि पुर्वी तराईका जिल्लाहरुमा समेत यस्तै प्रकृतिको कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको छ । लामो समयदेखि सहकारी क्षेत्रका लागि आवश्यक प्रविधिहरुको विकास गर्दै आएको कम्पनीले गत साउन १ गतेदेखि फिनएक्स को–अपरेटिभ सफ्टवेयर नामबाट नयाँ नयाँ विषेशता सहितको प्रविधिहरुको विकास र विस्तार गरिरहेको छ ।

कम्पनीले क्लाउडमा आउन बाँकी संस्थाहरुलाई पनि विशेष सुविधा सहितको योजना सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको पहिलो त्रैमासभित्र बाँकी संस्थाहरु पनि क्लाउडमा आइसक्ने कम्पनीकी सिइओ इञ्जिनियर चौधरीले दावी गरिन् । सूचना प्रविधि फिन टेकको क्षेत्रमा लामो अनुभव हासिल रहेको कम्पनीले सहकारी क्षेत्रका लागि नयाँ-नयाँ प्रविधिको विकासमा काम गरिरहेको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्