काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड र नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको हो ।
हिमालयन ऊर्जा विकासको सेयर समायोजन अघिको मूल्य २ सय ६९ रुपैयाँको आधारमा शत प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य १ सय ८४ रुपैयाँ ५० पैसा रहेको छ ।
त्यस्तै, नागरिक लगानी कोषको मूल्य समायोजन अघिको मूल्य २ हजार १ सय ३६ रुपैयाँको आधारमा १४ प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य १ हजार ८ सय ७३ रुपैयाँ ६८ पैसा रहेको छ ।
कम्पनीको सेयर दोस्रो बजारमा बिहिबार २० गतेदेखि कारोबारमा आउने छ ।
प्रतिक्रिया दिनुहोस्