Shikhar Insurance
National Life

१८ वर्षे मुद्दती खाता खोल्ने गरी चन्द्रागिरि नगरपालिका र एनआईसी एशिया बैंकबीच सम्झौता

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १५:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकिङ्ग साझेदारको रुपमा एनआईसी एशिया बैंक छनौट भई मुद्दती खाता यस बैंकमा सञ्चालन हुनेगरी चन्द्रागिरि नगरपालिका र बैंकबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत(सीईओ) अर्जुन राज खनियाज्यू र चन्द्रागिरि नगरपालिकाको तर्फबाट नगर प्रमुख श्री घनश्याम गिरीले हस्ताक्षर गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवद्र्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार नगरपालिका भित्र मिति २०८० साउन १ गते वा सो मिति भन्दा पछि जन्मिएका बालबालिकाहरू १८ वर्ष पुगे पश्चात् परिपक्क हुनेगरी निजहरूलाई आर्थिक सामाजिक सुरक्षा कार्यविधि बमोजिम नगरपालिकाबाट यो सुविधा प्रदान गरिने पालिकाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगरपालिकाको कार्यविधि अनुसार यस नगरमा स्थायी बसोबास गर्नेहरूका छोराछोरीहरू यो योजनाबाट लाभान्वीत हुन सक्ने र यसका लागि जन्मदर्ता अनिवार्य गरिएको पालिकाले जानकारी दिएको छ । चन्द्रागिरि नगरपालिकाले भन्यो, ‘सो अवधिपछि नगरमा जन्मिएका नवजात शिशुहरूको ५–५ हजारका दरले प्रत्येक बालबालिकाको नाममा यस एन आई सी एशिया बैंकमा १८ वर्षे मुद्दती निक्षेप खाता खोलिदिनेछ । यस्ता खातामा अभिभावकले चाहेको खण्डमा थप रकम समेत राख्न सक्ने व्यवस्था गरिएको छ । यस योजनामा सामेल हुनुहुने ग्राहक महानुभावहरूको निक्षेपमा बैंकले अधिकतम ब्याजदर प्रदान गर्नेछ ।’

चन्द्रागिरि नगरपालिकामा जन्म लिने बालबालिकाहरू १८ वर्ष पार गर्दै गर्दा उच्च शिक्षा हासिल गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न नगरपालिकाले प्रदान गरेको यस कोषले निकै सहयोगी भूमिका खेल्दै समग्र नगर क्षेत्रको आर्थिक सामाजिक सुरक्षाको प्रत्याभूतिको लागि कोषेढुंगाको भूमिका निर्वाह गर्ने नगरपालिका र बैंकको विश्वास रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्