काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमटेडले आइपीओ निष्काशन गर्न भएको छ । कम्पनीले असार २७ गतेबाट १ लाख १५ हजार ५ सय ९६ कित्ता सेयर
निष्कासन गर्न लागेको हो । कम्पनीले बुक बिल्डिङ विधिबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ जारी गर्न लागेको छ ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुटाएको ११ लाख ५५ हजार ९६० कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गर्न लगेको हो ।
कम्पनीको आईपीओ प्रति कित्ता ८ सय २० रुपैयाँ ८० रुपैयाँका दरले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ लगानीकर्ताहरूले साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय र मेरो सेयरबाट आइपिओ भर्न सक्नेछन् । रिलायन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्