काठमाडौं । नागरिक लगानी कोषले संचालक सदस्यमा हेमन्त राज रमालीलाई नियुक्त गरेको छ । कोषको असार १३ गते बसेको बैठकको निर्णय अनुसार संचालक सदस्यमा रमालीलाई नियुक्त गरेको हो ।
नागरिक लगानी कोष ऐन, २०४७ को दफा २५ को उपदफा (१) खण्ड (छ) बमोजिम विज्ञ रमाली नियुक्त गरेको कोषले एक सूचनामार्फत जानकारी दिएको छ ।
साथै, रमालीले असार १७ गते बसेको कोषको संचालक समितिको बैठक समक्ष शपथ ग्रहण गरेको समेत कोषले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्