Shikhar Insurance
National Life

सानिमा बैंककाे संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १३:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नआएपछि सर्वसाधारणका लागि सेयर बिक्री प्रकृया अगाडि बढाएको हो ।

बैंकले चैत १६ गते सेयरधनी दिलीप श्रेष्ठको नाममा रहेको ६८ हजार कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशन गरेको थियो । बैंकले सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १५० रुपैयाँ तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणहरुले यो सूचना प्रकाशन भएको १५ दिन भित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्सालमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

सेयर खरिदको लागि आवेदन गर्दा न्यूनतम १ हजार कित्ता आवेदन दिनुपर्ने बैंकले एक सूचना मार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्