Shikhar Insurance
National Life

सर्व सम्मत अध्यक्ष बन्दै माधव नेपाल, महासचिवका लागि घनश्यामको लबिङ

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १२:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) पार्टीको १० औं महाधिवेशनले सर्व सम्मतिमा नेतृत्व छान्ने भएको छ । अध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका घनश्याम भुषालले महासचिव बनाउने सर्तमा आफु ब्याक हुने सन्देश पठाएका हुन् । भुषाल निकट स्रोतका अनुसार माधव नेपाललाई सर्व सम्मत अध्यक्ष बनाउन आफु तयार रहेको र आफुलाई सर्वसम्मत महासचिव बनाउनुपर्ने माग भुषालले अघि सारेका छन् ।

भुषाललाई उनी निकट नेता कार्यकर्ताहरुले अहिलेलाई महासचिव बनेर ११ औं महाधिवेशनको तयारीमा जुट्न सल्लाह दिएका हुन् । अहिले अध्यक्षमा निर्वाचन लड्दा ३ सय भोट पनि कटाउन सक्ने अवस्था नरहेको र पराजित भएपछि पार्टीमा भूमिका पनि कमजोर हुने भन्दै महासचिवमा सर्वसम्मतिका लागि लबिंग गर्न सुझाव दिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले अध्यक्षमा निर्वाचन लड्दा ४ सय मत कटाउन सकिन्न, पार्टीमा भूमिका पनि खुम्चिन्छ, त्यसकारण यसपाली सर्वसम्मतिमा महासचिव बनेर अर्काे पटकका लागि तयारी गर्न सुझाव दिएका छौं, उहाँले मुन्टो हल्लाउनु भएको छ, भुषाल निकट एक नेताले सिंहदरबारसँग भने ।

भुषाललाई उनी निकट नेताहरुले डा. विजय पौडेलको उक्साहटमा लागेर बाँकी राजनीतिक करिअर धरापमा नपार्ने सचेत गराईरहेका छन् । भुषाललाई माधव नेपालसँग अध्यक्षमा निर्वाचन लडाउन डा. बिजय पौडेल लगायतले कन्भिन्स गरिरहेका छन् ।

भुषालको कोर टिमले भने अध्यक्षमा प्रतिष्पर्धा गर्दा २० प्रतिशत मत कटाउन मुस्किल पर्ने निष्कर्ष निकालेका छन् । एमालेबाट फरक परिस्थितिमा एकिकृत समाजवादी पार्टीमा आएको, मौजुदा महासचिवलाई उपाध्यक्ष बनाएर भुषाललाई माधव नेपालले नै महासचिव बनाएको र पार्टीमा पनि उल्लेख्य काम गरिनसकेको भन्दै अहिले अध्यक्ष बन्ने दौडमा नलाग्न सुझाव दिईरहेका छन् । भुषाल स्वंयले पनि अध्यक्षमा चुनाव लड्ने भनेर अहिलेसम्म मुख नखोलेको ति नेताले बताए ।

असार १६ गतेबाट सुरु भएको एकिकृत समाजवादी पार्टीको १० औं महाधिवेशनमा आजबाट नेतृत्व चयनको प्रक्रिया आरम्भ हुँदैछ । महाधिवेशनमा एक हजार ८ सय भन्दा बढी प्रतिनिधी सहभागी छन् । डेढ लाख संगठित कार्यकर्ता रहेको दावी गर्ने एकिकृत समाजवादीसँग प्रतिनिधी सभामा १० र राष्ट्रिय सभामा ८ सांसद छन् ।

एमालेबाट विभाजन भएर बनेको एकिकृत समाजवादीले नेकपाको निरन्तरताका रुपमा १० औं राष्ट्रिय महाधिवेशन आयोजना गरेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्