काठमाडौं । कामना सेवा विकास बैंकले प्रिफरेन्स सेयर जारी गर्ने भएको छ । बैंकले बार्षिक ९ प्रतिशत प्रतिफल दिने गरि ३५ करोड रुपैयाँ बराबरको प्रिफरेन्स सेयर जारी गर्ने निर्णय गरेको हो ।
बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरका ३५ लाख कित्ता प्रिफरेन्स सेयर जारी गर्नेछ । बैंकले नाफा गर्न सकेको बर्ष मात्रै लाभांश दिने गरि अविमोच्य प्रिफरेन्स सेयर गर्ने निर्णय गरेको हो ।
कुनै पनि धितो नराखि संस्थागत लगानीकर्ताहरुले यस्तो सेयर खरिद गर्न सक्नेछन् । आगामी बार्षिक साधारण सभाबाट पास गरि नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको खण्डमा कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँको अग्राधिकार सेयर जारी गर्नेछ ।
नेपाल राष्ट्र बैंकले केहि दिन अघि मात्रै पुँजीकोष दबाबमा रहेका क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थगाहरुलाई अविमोच्य असञ्तिि अग्राधिकार सेयर जारी गर्ने अनुमति दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्