Shikhar Insurance

शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउने नयाँ खेल, बल प्रचण्डको कोर्टमा

सिंहदरबार संवाददाता
२०८१ असार १९, बुधबार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने काँग्रेस–एमालेबिच सम्झौता भएको २४ घण्टा नबित्दै घट्नाक्रमले ट्विस्ट लिएको छ । नेपाली काँग्रेसको सभापति शेर बहादुर देउवा नै प्रधानमन्त्री बन्ने गरि घट्नाक्रमले नयाँ मोड लिएको हो ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने घोषणा गरेका छन् । एमालेले पनि आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउनुको साटो प्रधानमन्त्रीलाई राजीनामा गर्न समय सिमा तोकेको छ । उता, संबिधानको धारा ७३(२) बमोजिम नै नयाँ सरकार गठनका लागि आव्हान गर्ने ग्यारेन्टी खोजेर बसेको एमालेलाई काँग्रेसले ‘ग्रे एरिया’मा राखिदिएको छ । मंगलबार राति नै राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त भेट गरेर संबिधानको धारा ७६(२) बमोजिम सरकार गठनको सुनिश्चितता एमालेले खोजेको थियो । तर काँग्रेसले एमाले नेतृत्वलाई सँगै लगेर राष्ट्रपति भेट्ने योजना सफल हुन दिएन् । अहिलेसम्म पनि काँग्रेस–एमाले नेताहरुको संयुक्त टोलीले राष्ट्रपतिलाई भेटेको छैन् ।

Citizen Life
Kumar Bank

उता, प्रधानमन्त्री प्रचण्ड पनि एमालेले आफुलाई धोका दिएको निष्कर्षसहित नयाँ सरकार गठनलाई जसरी पनि संबिधानको धरा ७६(३) मा पुर्याउने योजनामा लागेका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने घोषणा गरेसँगै आगामी महिनासम्म यहि सरकारले निरन्तरता पाउने देखिन्छ । यो एक महिनाको अवधीमा प्रधानमन्त्री प्रचण्डले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई अघि सारेर काँग्रेससँगको दुरी कम गर्ने योजना बनाईसकेका छन् । यहि एक महिनाको अवधीमा भ्रष्टाचार र अन्य थुप्रै काण्डहरुका फाइलहरु खोलेर सरकारले अहिलेको गठबन्धनमा दबाब बढाउने नीति प्रष्ट रुपले देखाईसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत फेस गरेपछि नयाँ सरकार गठनका लागि संबिधानको धारा ७६(३) अनुसार सरकार गठन हुनुपर्छ भन्ने मागसहित सर्वाेच्च अदालतमा मुद्धा हाल्ने तयारी देखिन्छ । सर्वाेच्च अदालतमा मुद्धा परेपछि अर्काे केहि महिनासम्म नयाँ सरकार गठन प्रक्रिया अवरुद्ध हुनेछ ।

यहि बिचमा प्रचण्डले काँग्रेसँगको दुरी घटाएर पुरानो गठबन्धन ब्युताउने र संसदको ठूलो दलको नेताका रुपमा देउवालाई प्रधानमन्त्री बनाउने तुरुप फालिसकेका छन् । उता, केपी ओलीको राजनीतिक चरित्र नै अविश्वसनिय रहेको भन्दै काँग्रेस भित्र पनि एमालेसँगको सत्ता सहकार्यबारे फरक फरक मत आईसकेका छन् ।

नेकपा(एकिकृत समाजवादी) पार्टीको महाधिवेशनबाट माधव नेपाल पुनः अध्यक्ष बनेर थप शक्तिशाली भएर आउनेछन् । र काँग्रेस–माओवादीबिचको दुर घटाउने सेतुको भूमिका निर्वाह गर्नेछन् । त्यसै पनि केपी ओलीले एकिकृत समाजवादीको महाधिवेशन बहिस्कार गरेर माधव नेपाललार्य थप चिढ्याएकै छन् ।

यी तमाम कारणहरुलाई नियाल्दा अब कसलाई र संबिधानको कुन धाराबाट प्रधानमन्त्री बनाउने भन्ने बिषय प्रधानमन्त्री प्रचण्डको कोर्टमा पुगेको छ । उनले चाहँदा केपी ओली नै प्रधानमन्त्री बन्न सक्छन् । उनले चाँहदा काँग्रेस सभापति शेर बहादुर देउवा नै प्रधानमन्त्री बन्ने सम्भावना छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्