Shikhar Insurance
National Life

शहरी विकास र बोटलर्स नेपालको सहकार्यमा २ विद्यालयबाट ‘बा-वा’ परियोजना सुरु

सिंहदरबार संवाददाता
२०८१ असार १८, मंगलवार १७:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेडले काठमाडौंको भित्री क्षेत्रका दुई सामुदायिक विद्यालयबाट बाबा (बालबालिका र वातावरण) परियोजना औपचारिक रुपमा सुरु गरेको छ । काठमाडौं महानगरपालिका (कामनपा), शहरी योजना आयोग र विद्यालयका प्रतिनिधिहरूको उपस्थितिमा एक प्रारम्भिक कार्यशालाको आयोजना गरेर उक्त कार्यक्रमको उद्घाटन गरेको हो ।

काठमाडौं महानगरपालिकाले यस परियोजनाद्वारा यहाँका सरकारी शैक्षिक संस्थाहरुलाई थप प्रभावकारी बनाउने र शिक्षाको गुणस्तर बढाउने परिकल्पना गरेको छ । परियोजनामा सहभागी विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, रिसाइक्लिङ्ग, पुनः प्रयोग, अप साइकलिङ्ग, र फोहोरको वर्गीकरण जस्ता विविध विषयहरुको ज्ञान प्रदान गरिने शहरी विकास केन्द्रले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यशालामा एकिकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक, नविन विकास महर्जनले बाबा परियोजनाबारे जानकारी दिए । परियोजनाकी संयोजक, समिक्षा भट्टराईले कार्यक्रमको उद्देश्य, कार्यविधि, गतिविधि र अपेक्षित नतिजाहरुको बारेमा चर्चा गरिन् । यो परियोजनालाई कामनपा वडा नं २२ मा रहेको हिमालय मावि र कामनपा वडा नं १२ मा रहेको श्री महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा पूरक कार्यक्रमका रूपमा राखिएको छ ।

शहरी योजना आयोग (शिक्षा) का शैलेन्द्र झाले आफ्नो विचार व्यक्त गर्दै भने,“पहिले बाबा कार्यक्रमलाई कामनपाको वातावरण व्यवस्थापन विभागको कम्युनिटी मोबिलाइजेसन युनिट अर्थात सीएमयूद्वारा परिचालन र कार्यान्वयन गरिएको थियो । बाबा कार्यक्रमलाई पुनर्जीवित र एकीकृत गर्ने उद्देश्यले एकिकृत शहरी विकास केन्द्र र बोटलर्स नेपाल लिमिटेड बिच भएको सहकार्यबाट हामी निकै खुसी छौँ । यस सहकार्यले महानगरको ‘बुक फ्री फ्राइडे’ पहलको समर्थन गर्ने कुरा पनि निकै प्रशंशायोग्य छ ।”

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्