Shikhar Insurance
National Life

संसदमा कानून निर्माणको विषयले प्राथमिकता पाउन सकेन : मन्त्री भण्डारी

सिंहदरबार संवाददाता
२०८१ असार १८, मंगलवार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले संसदमा कानून निर्माणको विषयले प्राथमिकता पाउन नसकेको बताएका छन् । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले संसदमा पेश भएको धेरै विषयहरुमा छलफल गर्न नपाएको कुरा आफूले महशुस गरेको बताए । उनले विभिन्न परिवेश र परिस्थितिले कानून निर्माणको कुरा ओझेलमा परेको महशुस भएको जानकारी गरे । उनले आगामी दिनमा नीतिगत रुपमा रहेका कतिपय समस्यालाई हामीले सम्बोधन गर्नुपर्ने, यथेष्ट कानून निर्माण गर्नुपर्ने, सरकारको प्राथमिकता नीतिगत रुपमा सुधार गरेर अहिलेका जटिलता फुकाउन आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले जटिलता फुकाउँदै लगानीमैत्री वातारवण बनाउने, आन्तरिक र वाह्य लगानी बढाउने कुरामा सरकार गम्भीर रहेको जानकारी गरे । मन्त्री भण्डारीले स्वदेशी उत्पादन वृद्धि गर्न सरकारले विभिन्न कामहरु गरिरहेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्