Shikhar Insurance
National Life

४७.०४ अंकले बढ्यो सेयरबजार , कारोबार रकम साढे ४ अर्ब

सिंहदरबार संवाददाता
२०८१ असार १८, मंगलवार १५:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकार परिर्वतन हुने हल्लै हल्लाले सेयर बजार हरियाली भएको छ । साताको तेस्रो कारोबारको दिन बजार खुल्ला भएको १ मिनेटमा नै २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । २० मिनेटपछि पुन ५ प्रतिशतले बढेपछि पुनः ४० मिनेटको लागि सर्किट ब्रेक लागेको हो ।

अन्तिममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४७.०४ अंकले बढेर परिसुचक २१००.४३ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९ सय ५ कित्ता सेयर कारोबार हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७ सय २० रुपैयाँ संकलन भएको छ ।

मंगलबार सबैभन्दा धेरै एनआएन इन्फ्रइष्टक्चर एण्ड डेभलपमेन्ट बैंकको कारोबार भएको छ । कम्पनीको सेयर ६ सय ८० रुपैयाँ ५० पैसा पुगेको छ । मंगलबार २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको सेयर मूल्य घटेको छ र ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, हिमालयन डिलिष्टरी लिमिटेडको ८.५० प्रतिशतले सेयर मूल्य बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.४६ प्रतिशतले घटेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्