Shikhar Insurance

केपी ओलीलाई प्रधानमन्त्री बनाउने काँग्रेस–एमालेबिच सहमति, बिष्णु पौडेल अर्थमन्त्री बन्दै

सिंहदरबार संवाददाता
२०८१ असार १८, मंगलवार ०१:०५
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेस र नेकपा(एमाले)बीच सत्ता गठबन्धन गर्ने सहमति भएको छ । संसदका दुई ठूला दलबिच एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाएर नयाँ गठबन्धन अघि बढाउने सहमति भएको हो । ओलीले पहिलो डेढ बर्ष प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि काँग्रेस सभापति शेर बहादुर देउवा बाँकी डेढ बर्षका लागि प्रधानमन्त्री बन्नेछन् ।

एमालेले अर्थसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ भने काँग्रेसले गृहसहित ११ वटा मन्त्रालय लिनेछ । दुबै दलले नयाँ सरकारलाई राष्ट्रिय सहमतिको सरकार भनेका छन् ।

Citizen Life
Kumar Bank

दुई दलबीच संबिधान संसोधन गर्ने समझदारी पनि बनेको छ । जसका लागि एक जना पूर्व प्रधानन्यायाधिशको नेतृत्वमा संबिधान संसोधन अध्ययन कार्यदल गठन हुनेछ ।
काँग्रेस र एमालेबीचको समझदारीमा मंगलबार बिहानीपख हस्ताक्षर भैसकेको छ ।

नयाँ सरकारमा बिष्णु पौडेललाई अर्थमन्त्री बनाउने समझदारी ओली र देउवाबिच भैसकेको स्रोतले बतायो । पौडेलको नेतृत्वमा निजी क्षेत्रको आत्मबल उकास्दै जर्जर बन्दै गरेको अर्थतन्त्र सम्हाल्ने योजनामा दुबै नेता सहमत भएका हुन् ।

उनीहरुले प्रदेश सरकारको नेतृत्व पनि बाढेर लिने सहमति गरेका छन् । जस अनुसार नेपाली काँग्रेसले चार वटा प्रदेशको नेतृत्व गर्नेछ भने एमालेले तीन प्रदेशको मुख्यमन्त्री लिनेछ ।
संबिधानमा रहेको समानुपातिक प्रणालीको पुनरावलोकन गर्ने मुद्धामा दुबै दल सहमत भएका छन र त्यसको उचित विकल्पबारे छलफल जारी छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्