Shikhar Insurance

व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार १८:४९
NIMB
Nabil Bank

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न आग्रह गरेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको ३२ औँ स्थापना दिवस तथा ३० औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा आज उनले भ्रमण र व्यक्तिगत श्रम स्वीकृतिमा हुने ठगी रोक्न सहयोगका लागि सबैलाई आग्रह गरेका हुन् । मन्त्रि अर्यालले यसकार्यमा म्यानपावर व्यवसायीको संलग्नता रहेको विषयमा मन्त्रालय जानकार रहेकाले सचेत रहन ध्यानाकर्षण गराए ।

Citizen Life
Kumar Bank

“हामीलाई थाहा छ व्यवसायी नै यस्तो खालको ठगीमा सङ्लग्न छन्, त्यसैले एकपटक म सबैलाई यस्तो गतिविधि रोक्न आग्रह गर्छु । मेरो नेतृत्वले निर्मम भएर यसमा काम कारबाही गर्न नपरोस्”, उनले भने । भ्रमण भिसा र व्यक्तिगत भिसाको नाममा नेपालीद्वारा नै नेपाली ठगिएको भन्दै मन्त्री अर्यालले वैदेशिक रोजगारी क्षेक्राई मर्यादित, व्यवस्थित र पारदर्शी बनाउन जिम्मेवार भएर प्रस्तुत हुन आह्वान गरे ।

उनले वैदेशिक रोजगारीको क्षेत्रमा वार्षिक रुपमा २ खर्ब एक अर्ब ६० करोड गैरबैंकिङ च्यानलबाट सङ्कलन भइरहेको तथ्याङ्क प्राप्त भइरहेकाले सो रकम औपचारिक माध्यममा ल्याउन मन्त्रालयले नीतिगत रुपमा गहिरो अध्ययन गरिरहेको बताए । सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारी शुल्क वैज्ञानिक बनाइनुपर्ने, इजरायल, जापान र कोरियाको रोजगारी खोल्नुपर्ने, एक सय श्रमिक पठाउने बाध्यकारी व्यवस्थालाई पुनरावलोकन गर्नुपर्नेलगायत माग राखे ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्