Shikhar Insurance

सत्ता समिकरण फेरबदलबारे प्रमुख दलका सांसदहरुको प्रतिक्रिया

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार १७:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण सोच भएको बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले महिना महिना दिनमा हुने उथलपुथलले राजनीति र व्यवस्थालाई फाइदा नपुग्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank

उनले एउटा व्यक्तिलाई प्रधानमन्त्री बनाएर अर्को व्यक्ति प्रधानमन्त्री बन्ने कुराका लागि मात्रै दुई दल मिल्नु निकृष्ट र संकिर्ण सोच भएको बताए । संविधान संशोधन गर्न र सत्तालाई स्थिर ढंगले चलाउने उद्देश्यसहित दुई दल मिल्नु राम्रो हुने उनको भनाइ रहेको छ ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा सझादारी बन्यो भने काँग्रेस एमालेको सहकार्य हुनसक्ने जानकारी गरे । उनले केवल सत्तामा मात्रै आधारित नभइ मुद्दामा आधारित भएर अगाडी बढ्नुपर्ने बताए ।
नेकपा(एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले एमाले वर्तमान सरकारलाई मजबुत बनाएर लैजाने पक्षमा रहेको बताए । उनले एमाले सरकार अदल बदलको पक्षमा नरहेको जानकारी गरे ।

नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नेताहरुबिचको भेटवार्ताले सत्ता समिकरणमा फेरबदल नआउने बताए । उनले आज नै वर्तमान सत्ता समिकरणलाई नै मजबुत बनाएर लैजाने विषयमा प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भद्र सहमती भएको जिकिर गरे । उनले प्रधानमन्त्री दाहाल वर्तमान सत्ता समिकरणलाई नै ०८४ सालसम्म लानका लागि प्रयत्नरत रहेको बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्