काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । सानिमा जिआईसीले ५० लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
सानिमा जिआईसीले सेयर निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ)सुद्युम्न प्रसाद उपाध्याय र सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस्