Shikhar Insurance
National Life

प्रभु बैंक र होटल हिमालयबीच विशेष छुट सम्झौता

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार १५:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई कुपण्डोल, ललितपुरमा अवस्थित होटल हिमालयसँग विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र बजार व्यवस्थापक सबिन राणा तथा होटल हिमालय को तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखक द्वारा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी, आन्तरिक तथा वाह्य पर्यटकका लागी लक्षित गरी चारतारे होटल हिमालय विगत ३७ वर्ष देखि ग्राहकहरुको सेवामा समर्पित छ । प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्